जुम्लामा जीप दुर्घटना हुँदा एकै परिवारको नाबालिकासहित तीन जनाको मृत्यु जुम्ला / जुम्लामाबा १ ज ८६५ नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारको नाबालिकासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जीप हिमा गाउँपालिका–१ बड्कीमा दुर्घटना भएको हो । उक्त जीप बिरामी लिन नराकोट पुगेर फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिए । तिला गाउँपालिकाका २६ वर्षीय लाले शार्की, उनकी २५ वर्षीया पत्नी जानकी सार्की र तीन वर्षीया छोरीको दुर्घटनामा मृत्यु भएको हो । जीप सडकबाट करिब ३०० मिटर खसेको थियो । दुर्घटनामा चारजना घाइते भएको जुम्लाका प्रमुख सीताराम रिजालले बताए । घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको पनि रिजालल बताएका छन् ।