राारामा घुम्ने मौसम सुरु मुगु / राारामा पर्यटकीय चहलपहल सुरु भएको छ । असोजदेखि मंसिरसम्म रारा अवलोकन गर्न उपयुक्त मानिन्छ । हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम पर्यटकको रोजाइमा पर्ने गरेको हो । सडक अवरुद्ध भएपछि असारदेखि भदौसम्म सुनसान रारामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ । हवाई उडान नियमित र बर्षाका कारण अबरुद्ध सडक खुलेपछि पर्यटकको चहलपहल बढेको हो । आजको कान्तिपुरमा समाचार छापेको छ ।