दशैँको लागी यसरी स्वादिलो खसीको मासु पकाउनुहोस् (भिडियो सहित) काठमाडौं / नेपाली हिन्दुहरुको महान चाड बडा दशैं भित्रिएको छ । दशैंमा विशेष गरि खसीको मासुका परिकार खाने चलन छ । खसीको मासु हरेक जसो नेपाली परिवारको भान्सामा पाक्ने गर्छ । तर खसीको मासुमा केही कुरा थपेर मासुलाई थप स्वादिष्ट बनाउन सकिन्छ । आवश्यक सामग्री खसीको मासु टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल खुर्सानीको धुलो, तेजपत्ता सुकमेल लगायतका मसला विधि : -सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने। -अब त्यो मसलालाई मासुमा राख्ने र राम्रोसंग मोल्ने । -त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर मोल्ने । -राम्रोसनग मोलेपछी छोपेर राख्ने । -अब एउटा भाँडामा तेल तताउने र तेल तातेपछि प्याज फुराउने । -प्याज खैरो भएपछी टमाटर राख्ने र केही छिन छोपेर पाक्न दिने । -त्यसपछि त्यसलाई सेलाउन दिने र पेस्ट बनाउने । -अब एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि तेज्पत्ता, सुकमेल लगायतका मसला फ्राई गर्ने । -फ्राई गरेपछि त्यसमा मासु राख्ने र पकाउने । -अब मासुलाई चलाउने र त्यसमा गरम मसला र प्याज टमाटरको पेस्टलाई राख्ने । -त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर पकाउने । -भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।