मनपरी भाडा असुले, भाडा ६ सय, असुल्ने हजार सिन्धुली / दशैँमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएको खबर छ । काठमाडौँबा सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् । मनपरी भाडा उठाउँदा प्रहरी प्रशासन मुकदर्शक बनेको यात्रुहरुको आरोप छ । सिन्धुली आउने यात्रुसँग व्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् । अरु बेला यो रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका छन् । व्यवसायीले अग्रीम टिकट बुकिङसमेत गरेका छैनन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।