सरकारले तीन जिल्लाका बलिको लागि १ करोडभन्दा बढी बजेट छुट्याउँदै काठमाडौं / उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिए छ । काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै आएका छन् । नेपालीको सबैभन्दा ठूलो चाड दसैंमा सबैभन्दा धेरै बलि दिने गरिएको छ । शक्तिपीठहरुमा राँगा, बोका, भेडा, हाँस, कुखुरा, बंगुर र खसी बलि दिने गरिएको गुठी संस्थानका सह प्रकाशक जयप्रसाद रेग्मीले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा समाचार छापिएको छ ।