गोल्डेन फुट अवार्डमा १० खेलाडीको मनोनयन सार्वजनिक एजेन्सी / सन् २०१८ का लागि दिइने प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ‘गोल्डेन फुट’का लागि मनोनयन सार्वजनिक भएको छ । अघिल्लो दिन १० खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । गोल्डन फुट अवार्ड वर्षको उत्कृष्ट फुटबल खेलाडीलाई दिइन्छ । यसमा खेलाडीले गरेको गोल मात्रै नहेरेर समग्र प्रदर्शन हेरिन्छ । यो अवार्ड २८ वर्ष उमेरभन्दा माथिका सक्रिय खेलाडीलाई मात्रै दिइन्छ । यो अवार्ड अनलाइन भोटिङका आधारमा दिइन्छ । मनोनयनमा परेका १० खेलाडीमध्ये सबैभन्दा बढी मत पाउने खेलाडीलाई अवार्ड प्रदान गरिन्छ । सन् २००३ देखि दिन थालिएको यो अवार्ड गत वर्ष स्पेन तथा पोर्टोका गोलरक्षक इकर क्यासिल्लासले जितेका थिए । यो अवार्ड हालसम्म पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीले जित्न सकेका छैनन् । यसपटक उनीहरूलाई यो उपाधिको मुख्य दाबेदार मानिएको छ । को–को परे मनोनयनमा लिओनल मेस्सी अर्जेन्टिनी तथा बार्सिलोना, क्रिस्टिानो रोनाल्डो पोर्चुगल तथा युभेन्टस ,ग्यारेथ बेल वेल्स तथा रियल मड्रिड म्यानुएल निउर जर्मनी तथा बार्यन म्युनिख, रोवर्ट लेवान्डोस्की पोल्यान्ड तथा बार्यन म्युनिख , लुइस स्वारेज ९उरुग्वे तथा बार्सिलोना ,इडिसन काभानी उरुग्वे तथा पिएसजी ,सर्जियो रामोस स्पेन तथा रियल मड्रिड ,थियागो सिल्भा ब्राजिल तथा पिएसजी ,सर्जियो अगुइरो अर्जेन्टिना तथा म्यानचेस्टर सिटी /