दसैंको मुख्खैमा एकैदिन तीनकरोडको खसीबोका बिक्री

धरान /  दसैंको मुख्खैमा धरानस्थित कृषि उपज बजारमा शुक्रबार करिव ३ करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । अघिल्लो शुक्रबार सोही बजारमा करिव डेढकरोड रुपैयाँको खसीबोका बिक्री भएको थियो ।

स्थानीय किसानले व्यपारीलाई प्रतिकिलो सरदर ४ सय ५० रुपैयाँको दरले बिक्री गरेको आधारमा दुई शुक्रबार साढेचार करोड रुपैयाँको खसीबोका बिक्री भएको कृषि उपजबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनकाअनुसार धेरै संख्यामा किनेको खसीबोकालाई व्यापारीले मासु व्यवसायी र व्यक्तिगतरुपमा बिक्री गरेको मूल्यको हिसाव गर्ने हो भने करिव ८ करोड रुपैयाँको कारोबार हुन पुग्छ ।

उनले भने, ‘चाडपर्वको बेला मासु प्रयोजनका लागि पूर्वी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा र सुनसरीबाट दुईसातामा वर्षकै धेरै खसीबोका बिक्री हुने गरेका छन् । धरानमा बिक्री गर्नका लागि टाढाका जिल्लाबाट तीनदिनअघि नै आएर कृषि बजारले उपलव्ध गराएको ठाउँमा बस्ने गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्