मनाङमा १० महिनादेखि जनप्रतिनिधिविहीन प्रकाशित मिति : 12 October, 2018 7:15 am काठमााडौं / काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसद छिर्ने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ख भने हालसम्म जनप्रतिनिधिविहीन छ । निर्वाचनको एक बर्ष नबित्दै कायम रहेका जनप्रतिनिधिलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्ने चर्चा चलिरहँदा मनाङ ख भने निर्वाचनयता रित्तै छ । मनाङ ख मा निर्वाचन त भयो तर त्यहाँबाट निर्वाचित प्रदेशसभा सदस्यले सपथग्रहण गर्न पाएनन् । गत बर्ष मंसिर १० गते मनाङमा निर्वाचन भएको थियो । निर्वाचन भएर मतपरिणाम घोषणा भए पनि त्यहाँबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे सपथग्रहण गर्नुअगावै कारागार पुगे । आजको नागरिक दैनिकको समाचार छापिएको छ ।