बलात्कार गरी उनकै २० हजार रुपैयाँ चोर्ने पक्राउ रुकुम (पश्चिम) / भानी महिललाई बलात्कार गरी उनकै २० हजार रुपैयाँ चोरी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । प्रहरीले उनलाई पक्राउ गरी उनको साथबाट पीडित महिलाको मोबाइल र १६ हजार नगदसमेत बरामद गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–५ हुकाम रुकुमपूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई बाँफिकोट गाउँपालिका घर भएकी मुसीकोट नगरपालिकामा बस्ने एक महिलालाई बलात्कार गरी रकम चोरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको तथा २० हजार नगद चोरेर लगेको उजुरी दिएकी थिइन् । भानी कोशी अन्लाइनमा समाचार छ ।