नौ सय किशोरीले आज एकैपटक देशैभर रेडियो बहस गर्ने प्रकाशित मिति : 11 October, 2018 7:45 am काठमाडौं / सातौं आन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर आज असोज २५ गते देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन् । किशोरीले सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा तिनको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेको पहलबारे जानकारी गराउनेछन् । कार्यक्रममा ३ सय किशोरी एक दिनका लागि रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् । भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता अतिथिका रुपमा बहसमा सहभागी हुनेछन् । जसमा देशभरिका ९ सय किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।