प्रदेश १ को वर्षे अधिवेशन नाम र राजधानी नटुंग्याई सकियो प्रकाशित मिति : 10 October, 2018 7:23 am विराटनगर / नाम र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश १ सभाको वर्षे अधिवेशन मंगलबारबाट सकिएको छ । प्रदेश सभाको पहिलो अधिवेशन गत १७ जेठमा सुरु भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार प्रदेश सभाको ५२औँ बैठकमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिए । प्रदेश प्रमुखको पत्र पढेर सुनाउँदै सभामुख भण्डारीले भने, ‘चालू वर्षे अधिवेशन आज राति १२ बजेबाट विधिवत् अन्त्य भएको घोषणा गर्दछु ।’ आजको नयाँपत्रिका दैनिकमा यो खबर छापिएको छ ।