राजधानीमा पाँच सय पेशेवर चोर सक्रिय प्रकाशित मिति : 9 October, 2018 7:10 am काठमाडौ असोज २३, / गएको वैशाख ५ गते सरस्वती युथ क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठ पेशेवर चोरीको अभियोगमा काठमाडौँबाट पक्राउ परे। २३ असारमा डल्लुस्थित सोनी श्रेष्ठको घरबाट ३१ लाख नगद र २ थान मोवाइल सेट चोरी गर्ने भारतका सुरज पोदार र करण पोदारलाई प्रहरीले पक्राउ ग¥यो। ३० भदौमा गोदावरी नगरपालिका–१ छप्कीका प्रल्हाद विष्टको घरमा चोरी गर्न गाडीसहित गएका मकवानपुरका सोमलाल स्याङतान, राजु लामा र कुमार लामा घरेलु हतियारसहित पक्राउ परे। श्रृंखलावद्ध चोरीका यी त केही घटना मात्रै हुन्। प्रहरीका अनुसार उपत्यकामा करिब पाँच सय चोर सक्रिय छन्। चार सय ८० चोर पेशेवर जस्ता छन्। उनीहरु राती भन्दा दिउँसो वढी सक्रिय हुने गरेका प्रहरीले जनाएको छ। चोरीमा १६ वर्षभन्दा मुनीका किशोर किशोरीको संख्या पनि वढ्दै गएको छ। आजको कारोबार दैनिकमा यो खबर प्रकाशित गरिएको छ । ।