माइतमै शिशुलाई जन्म दिने अविवाहित सिर्जनाले बल्ल भेटिन पति प्रकाशित मिति : 8 October, 2018 7:31 am काठमाडौ असोज २२, / गोरखा नगरपालिका–४ की २० वर्षीया सिर्जना आलेले आइतबार श्रीमान भेटेकी छन्। अविवाहित सिर्जनाले दुई महिना अघि माइतमै शिशुलाई जन्म दिएकी थिइन्। शिशुलाई जन्म दिएपछि उनलाई अभिभावकले नै हेला गरेका थिए। उनले बच्च जन्माए पनि श्रीमानको पत्ता नलागेको, उनले दुःख पाएको समाचार प्रकाशित भएपछि प्रहरीले उनका श्रीमानको खोजी गरिदिएको छ । प्रहरी र जनप्रतिनिधिको सहयोगमा उनले पति भेटेकी हुन्। गोरखाको भीमसेन थापा गाउँपालिका ५ बगुवाका २० वर्षीय विजय पौडेलले बच्चा आफ्नो भएको स्वीकार गरेका छन्। उनले सिर्जनालाई पनि घर लिएर गएका एसपी विजय बस्नेतले बताए। विजयले एकसाता भित्र बिहे दर्ता गर्ने, छोराको जन्म दर्ता गर्ने र सिर्जनालाई माया गरेर पाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आजको नागरिक दैनिकमा गोरखाबाट नरहरि सापकोटाले यो खबर लेखेका छन्।