मापसे गरी सवारी चलाए अनिवार्य परीक्षा : फेल भए सवारीसाधन जफत प्रकाशित मिति : 8 October, 2018 7:09 am काठमाडौ असोज २२, / मोरङ प्रहरीले मादकपदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकले अनिवार्य सचेतना परीक्षा दिनैपर्ने नियम लागू गरेको छ। यस्तो नियम नेपालमै पहिलो हो। चालकसँग परीक्षा लिन त्यही हिसाबको प्रविधिको पनि विकास गरिएको छ । प्रहरीले लिने परीक्षा उतीर्ण गरेपछि मात्रै चालकले प्रहरी नियन्त्रणमा रहेका सवारी चालक अनुमती पत्रसहितका कागजात र सवारी फिर्ता पाउँछन्। मापसे गर्ने चालकलाई लक्षित गरी प्रत्येक दिन विहान ९ बजेबाट जिल्ला प्रहरी कार्यालयमा परीक्षा सञ्चालन गर्न थालिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर प्रकाशित गरिएको छ ।