ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि हवाइ उडान हुने

ताप्लेजुङ /  ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि समिट एयरले उडान गर्ने भएको छ ।

गत चैतदेखि समिटले उडान स्थगित गरेको थियो । सातामा एक दिन सोमबार उडान गर्न लागेको एयर लाइन्सका ताप्लेजुङ प्रतिनिधिले बताएका छन् । समिटिले भाडादर भने ७ हजार छ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि यहाँ नेपाल वायु सेवा निगम र समिट एयरले उडान गर्दै आएका थिए । निगमले असारसम्म उडान गरेर स्थगित गरेको हो ।

सुकेटार विमानस्थलमा यसअघि गोमा, तारा र नेपाल वायुसेवा निगमले उडान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्