२५ वर्षीय युवाद्वारा फेसबुक लाइभ रेकर्ड गर्न आग्रह गर्दै आत्महत्या

काठमाडौ‌ असोज १८
१४ असोजमा चितवनको कालिका नगरपालिकाका २५ वर्षीय युवा निश्चल तामाङले फेसबुक लाइभ गरेर आत्महत्या गरेका छन्।
राती नौ बजे उनले ‘केही गंभिर हुन जाँदैछु । म १२ बजे लाइभमा आउछु । कृपया मेरो लाइभ रेकर्ड गर्नुहोला’ भन्ने बेहोराको स्टाटस लेखेका थिए।

तामाङले राती ठिक १२ बजे सलको पासोमा झुण्डिएर आत्महत्या गरेका हुन । आत्महत्या गर्नुअघिसम्म उनलाई फेसबुक लाइभमार्फत् धेरैले आत्महत्या नगर्न सम्झाएका छन्। तर, रक्सीको नसामा रहेका तामाङले आफू गंभिर समस्यामा रहेको र बाँच्नुको अर्थ नहुने प्रतिक्रिया दिएका छन्।

उनले आत्महत्या गर्न सलको पासोमा झुण्डिएपछि लाइभ बन्द भएको थियो। उनले फेसबुक लाईभ हेरिरहेकाले ‘अब केही बेरमै म मर्दैछु’ भनेकाले धेरैले सम्झाउँछन्। त्यसो नगर्न आग्रह गर्छन्। उनका परिवार र प्रहरीलाई खबर गर्छन्।

तर, आफन्त उनको कोठामा पुग्दा उनी झुण्डि सकेका हुन्छन्। तामाङको कोठामा सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ। आजको शुक्रबार साप्ताहिकमा उपेन्द्र खड्का र प्रजु पन्तले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्