क्यान्सर रोगको उपचार विधीमा नेपाल र वेलायत विचको भिन्नता एक अनुभूति – टेरिसा तामाङ

संसारमा सबै जनाको आफ्नो जिवनमा बिभिन्न समस्याहरु सामना गरिरहेका हुन्छन्, तर ति समस्याहरु सानो वा ठुलो यो तपाईमा निर्भर गर्ने गर्छ र तपाई त्यसलाई कसरी लिनुहुन्छ । जब म वेलायतमा थिए मैले त्यहाँ देखेका हरेक क्यान्सर अस्पतालहरुमा क्यान्सर रोगीहरुको मानसिक स्वास्थ्यमा ध्यान केन्द्रित गरेको पाए तर म वेलायतबाट फर्के पछि नेपालको क्यान्सर अस्पतालहरुमा गएँ तर मैले त्यो गतिबिधी यहाँ पाइन ।
त्यसपछि मैले ब्रिटिस गोरखा कलेजमा क्यान्सर रोगी मानसिक स्वास्थ्य सम्बन्धि युवा जागरुकता कार्यक्रम (२०१८ ) को आयोजना गरेको थिए । जहाँ प्रत्येक विद्यार्थी तथा युवाहरुले यस बिषयमा धेरै रुचि राखेका थिए । म क्यान्सर रोगीहरुको मानसिक स्वास्थ्यको बारेमा जानकारी लिन धेरै उत्सुक थिए तर मैले नेपालमा त्यो विषयको कुनै डाटा भेटिन ।
मैले क्यान्सर रोगीको मानसिक स्वास्थ्य सम्बन्धि अनुसन्धानको लागि बैधानिक रुपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट अनुमति पाँए । त्यसपछि मैले नेपालका बिभिन्न अस्पतालहरुमा अनुसन्धान सुरु गरे । जस्तै : भक्तपुर क्यान्सर अस्पताल, शिक्षण अस्पताल । ति अस्पतालहरुमा क्यान्सर रोगीहरु ६० प्रतिशत विकट क्षेत्रबाट उपचारका लागी आएका थिए । ग्रामिण क्षेत्रमा उपचारको कमि भएको कारण उनिहरु शहरको अस्पतालहरुमा आएका हुन । उनीहरु उपचारका लागिआउँदा एम्बुलेन्सको लागी उच्च भाडा तिर्न बाध्य छन् ।
धैर्य क्यान्सर फाउन्डेशन, नेपालकी अध्यक्ष टेरिसा तामाङ क्यान्सर पिडितहरुसंग परामर्स लिंदै

मैले ६-८ घण्टा सम्म उनिहरुको पिरमर्का सुन्ने मौका पाएको थिए । मेरो अध्ययन अनुसार धेरै जसो क्यान्सर पीडित महिलाहरु आफ्नो रोगको बारेमा खुलेर व्यक्त गर्न नचाहने जस्तै ति महिलाहरु स्तन क्यान्सर, पाठेघर क्यान्सरबाट पीडित थिए । क्यान्सर पीडित मानिसहरु चिन्ता र निराशाबाट पनि पिडित छन् । नेपालमा प्रतिव्यक्ति आय ६०० अमेरिकी डलर भन्दा कम तथा उचित स्वास्थ्य विमा नभएको कारण व्यक्तिगत रुपमा क्यान्सरको महंगो उपचार गर्न गाह्रो छ ।

आर्थिक रुपमा असमर्थ हुनु तथा मानसिक रुपमा क्यान्सर बिरामीहरु पिडित हुनुले जिवन प्रति ति बिरामीहरुले आस मारेको पाइएको थियो । मनोवैज्ञानिक कारणहरुमा शंका गर्ने, भविष्यको बारेमा अनिश्चितता, स्वास्थ्यको नाजुक अवस्था, आदि हुन भने आर्थिक कारणहरुमा क्यान्सरको महंगो उपचार खर्च, जैविक कारणमा पोषणयुक्त खानेकुराको कमि ।

तर केमोथेरापी उपचारको कारण डिप्रेशन कम गर्न योगदान दिएको पाएको थिए ।अझै पनि हाम्रो नेपाली समाजमा क्यान्सर संक्रामक रोगको रुपमा लिइएको छ, क्यान्सर रोगीहरू परिवार तथा समाजबाट बेवास्ता गरिन्छ। एक अध्ययनका अनुसार, क्यान्सर रोग 2003 देखि 2011 सम्म बढ्दै गएको र यो संख्या 2011 मा दोब्बर भएको थियो क्यान्सरको सङ्ख्या नेपालमा ठूलो समस्या बन्न सक्छ। मेरो अनुसन्धान अवधिको समयमा मैले फेला पारेको डाटा अनुसार 70 प्रतिशत क्यान्सर- पीडित मानिसहरू निराशाबाट पीडित भेटेको थिए।

नेपालमा धेरैजसो क्यान्सर बिरामीहरुले आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ तर यो समाधानको उपाय होइन । यस्तो हुनुमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको कमी, रोगको बारेमा अज्ञानता, उपचारको उच्च लागत आदि रहेका छन् । मैले गरेको अनुसन्धान अनुसार बिभिन्न अस्पतालहरुमा ९० प्रतिशत क्यान्सर रोगीहरुले क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम गर्न सल्लाह दिएका थिए ।

मेरो लक्ष्य भनेको क्यान्सर बिरामीहरुलाई जोगाउनु तथा राम्रो उपचार सेवा प्रदान गर्नु हो । औषधीले मात्र स्वस्थ्य बन्न सकिन्दैन प्राय जसो मनको शान्ति हृदयको शान्ति र आत्माको शान्तिले आउने गर्दछ । अनि यो एउटा मायाको साथसाथै मुस्कानबाट पनि प्राप्त गर्न सकिन्छ । मलाई आशा छ की मेरो कामले गर्दा क्यान्सर रोगीको लागि दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकी देशमा नै बसेर काम गर्न सक्षम हुनेछ ।

टेरिसा तामाङ : अध्यक्ष
धैर्य क्यान्सर फाउन्डेशन, नेपाल


प्रतिक्रिया दिनुहोस्