हातैले छामेर पासपोर्ट जाँच, देशकै मुख्य विमानस्थल कमजोर प्रकाशित मिति : 3 October, 2018 11:43 am काठमाडौं / अवैध प्रक्रियाबाट नेपाल भित्रिनेका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सजिलो प्रवेशमार्ग बनेको छ । सजिलै अनअराइभल भिसा पाइने र राहदानीमा सामान्य व्यक्तिगत विवरणबाहेकका सूचना पढ्ने प्रविधि नहुँदा देशकै मुख्य विमानस्थल कमजोर बनेको हो । यहाँ रेटिना, डिजिटल औँठाछाप अध्ययन र फोटो खिच्ने प्रविधि छैन । भदौ ५ मा नक्कली इजरायली राहदानी लिएर आएका इमेई होसिन लास्कारी र नायदे याराम्दीले सजिलै पर्यटक भिसामा प्रवेश अनुमति पाए । १५ दिन काठमाडौं बसेर यो दम्पती जर्मनीका लागि उड्यो । तर, ट्रान्जिट देश टर्कीको अध्यागमनले राहदानी नक्कली रहेको भन्दै उनीहरूलाई नेपालै फिर्ता पठाइदियो । इजरायली राहदानी बोकेका उनीहरू इरानी नागरिक रहेको खुल्यो । त्रिभुवन विमानस्थलमा नक्कली राहदानीमा सक्कली भिसा लगाएर नेपाल पस्ने र केही दिनको ट्रान्जिटपछि युरोप र अमेरिका छिर्ने प्रयास बारम्बार हुँदै आइरहेको छ । गत असार ६ गते ५ बालबालिकासहित काठमाडौं उत्रिएका ९ विदेशी इस्ट टिमोरको राहदानी लिएर आएका थिए ।, आजको कान्तिपुरदैनिकमा यो समाचार छापिएको छ ।