उपमेयर रीता झाले आँसु झार्दै भनिन्, ‘म हिँसा भोग्न बाध्य छु’ प्रकाशित मिति : 1 October, 2018 7:09 am काठमाडौ असोज १५,/ जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाले आफू जनप्रतिनिधि भएपनि हिंसा भोग्न बाध्य भएको बताएकी छन्। क्रियाशील महिला पत्रकार समाजले आइतबार जनकपुरमा गरेको कार्यक्रममा झाले आफू हिंसामा परेको गुनासो गरेकी हुन्। ‘म न्यायिक समितिकी संयोजक छु, तर म आफैँ हिँसा भोग्न बाध्य छु,’ उपमेयर झाले आखाँभरी आँसु पार्दै भनिन्। उनी राजपाबाट निर्वाचित उप मेयर हुन्। आफूलाई पुरुष जनप्रतिनिधिले कार्यक्षेत्रमै विभिन्न खालका हिंसा गरिरहेका उनले गुनासो गरिन्। कार्यक्रममा उनी रातो साडी लगाएर गएकी थिइन्। रातो साडी लगाएको विषयमा राजपाका एक नेताले आफूलाई नकारात्मक टिप्पणी गरेको उनले बताइन्। ’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा जनकपुरबाट मनिका झाले यो खबर लेखेकी छिन्।