बलात्कारीलाई आजिवन कैद कम हुन्छ,फाँसी दिने कानुन बनाउँछौँ : गृहमन्त्री बादल

काठमाडौ‌ असोज १३, / गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारीलाई आजिवन कैद पनि कम सजाय भएको बताएका छन्। उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिवद्धता जनाएका छन्।


‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराधन गर्नेहरुका लागि आजीवन कैद पनि कम सजाय हो,’ मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजिबन जेल होइन, फाँसी नै दिने कानुन बनाउने सोचमा छु।’

विद्यमान कानुनमा फाँसीको व्यवस्था छैन। गृहमन्त्रीले कठोर सजाय ९फाँसी० का लागि कानुन संशोधन गर्न छलफल अघि वढाउने प्रतिवद्धता जनाए।

नेकपा प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री थापाले आफू कानुन फेर्न तयार रहेको बताएका हुन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा चिरञ्जीवि ढुंगानाले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्