नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने

काठमाडौ‌ असोज १३,/  श्रम सम्झौताको अन्तिम मस्यौदा टुंगो लगाउन नेपाल र मलेसियाका सरकारी अधिकारीहरुबीच शुक्रबार सम्पन्न बैठकमा नेपालले ‘शून्य लागत’ मा कामदार पठाउन गरेको प्रस्तावमा मलेसिया सहमत भएको छ। उक्त विषय मस्यौदामा समावेश गरिएको छलफलमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले बताए।

श्रम सम्झौताको अन्तिम मस्यौदा टुंगो लगाउन नेपाल र मलेसियाका सरकारी अधिकारीहरुबीच शुक्रबार सम्पन्न बैठकमा नेपालले मूख्यतया ‘शून्य लागत’ मा कामदार पठाउने विषयमा मलेसिया सहमत भएको छ।

दुई देशका प्रतिनिधिमण्डलबीच मलेसियाली मानव संशाधन मन्त्रालयमा भएको उक्त बैठकमा कामदार मलेसिया पठाउँदा लाग्ने सम्पूर्ण खर्च र कामदार मलेसिया आउँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कसमेत मलेसियाली रोजगारदाताहरुले नै ब्यहोर्नेलगायत महत्वपूर्ण विषयहरु मस्यौदामा समावेश गरिएको छ।

छलफलमा सहभागी नेपाली कार्यवहाक राजदूत कुमारराज खरेलका अनुसार कामदारका हितमा हुने सामाजिक सुरक्षा, स्वास्थ्यलगायतका विषय मस्यौदामा समावेश भएको छ। आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।


प्रतिक्रिया दिनुहोस्