कांग्रेस प्रदेश खाका कोर्दै, कुन प्रदेशमा कस्तो कार्यसमिति ?


0
Shares

काठमाडौं / मुलुक संघीय संरचनामा गएको झन्डै ३ वर्षपछि कांग्रेसले पार्टीभित्र संघीयताको अभ्यास थालेको छ ।

                         तस्विर: कल्पना सिटौलाको फेसबुकबाट

संविधान जारी गरे लगत्तै संघीय ढाँचा अनुसार पार्टी संरचनालाई रूपान्तरण गर्ने योजना बने पनि कार्यान्वयन हुन सकेको थिएन । महामन्त्री पूर्णबहादुर खडका नेतृत्वको विधान संशोधन मस्यौदा समितिले हालै मस्यौदा ल्याएको छ। त्यसमाथि सातवटै प्रदेशमा छलफल चलिरहेको छ।

कांग्रेसको प्रस्तावित प्रदेश संरचनामा न्यूनतम एक तिहाइ महिला सहित सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। प्रदेश समितिको आकार भने सातै प्रदेशमा फरक–फरक छ। सभापतिबाट मनोनीत हुने संख्या र प्रदेश अधिवेशनबाट निर्वाचित हुने महिला संख्या जनघनत्वका आधारमा तय गरिएको छ।

सभापतिले मनोनीत गर्दा पनि समावेशी कोटाअनुसार गर्नुपर्ने व्यवस्था छ। यस्तै संरचना लागू गरिए प्रदेश समितिमा न्यूनतम ३३ प्रतिशत महिलासहित सबै वर्ग, समुदायको प्रतिनिधित्व भएको समावेशी कार्यसमिति हुनेछ।


प्रतिक्रिया दिनुहोस्