यू १८ महिला साफ च्याम्पियनसिपमा नेपाली टोली भुटान जाँदै

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू १८ महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि भुटान जाने लागेको टोलीलाई बुधबार विदाई गरेको छ ।

शुक्रबारदेखि भुटानमा आयोजना   सुरु हुने च्याम्पियनसिपमा नेपाल आयोजक भुटानसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ । नेपाल समूह बीमा पाकिस्तान र बंगलादेशसँग रहेको छ । शुक्रबार पाकिस्तानसँग खेल्दै नेपाली टोलीले साफको यात्रा सुरु गर्नेछ ।

नेपालले बंगलादेशसँग अक्टुबर २ मा प्रतिस्पर्धा गर्नेछ । अर्को समूअमा भुटान, माल्दिभ्स र भारत छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली अन्तिम चारमा पुग्नेछन् ।

नेपाली यू १८ टोली

गोलकिपर :- अन्जना राना मगर, उषा नाथ, कविता राई
रक्षक :- पुजा रानामरगर, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान,
मिडफिल्ड : -सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती
फरवार्ड : –  सम्झना शर्मा, एलिसा जाम्बा, रश्मी कुमारी घिसिङ, रेखा पौडेल
प्रशिक्षक :-   हरि ओम श्रेष्ठ
सहायक प्रशिक्षक :- प्रकाश बैद्य
गोलकिपर प्रशिक्षक : – अष्मिता खवास


प्रतिक्रिया दिनुहोस्