तल्लो तहसम्म पार्टी एकीकरण गर्नुपर्छ – अध्यक्ष दाहाल

चितवन /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन नसकेको बताउनुभएको छ । अध्यक्ष चयन भएपछि आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रदेशदेखि गाउँसम्म एकीकरण छिटो गर्नुपर्ने बताउनुभयो ।

Prime Minister candidate and Chairman of the Unified Communist Party of Nepal (Maoist) Pushpa Kamal Dahal, also known as Prachanda, speaks at the parliament during the prime ministerial election at the parliament in Kathmandu, Nepal on Wednesday, August 3, 2016. Photo: Reuters

पार्टीले पूर्णता नपाउँदा सरकार र स्थानीय तहबाट भए गरेका सकारात्मक काम जनतामाझ पुग्न नसकेको उहाँको भनाइ थियो ।
पार्टी एकता भनेको देशको रुपान्तरण भएको भन्दै उहाँले अहिले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार पार्न तल्लो तहसम्म पार्टी एकीकरणको अनुभूति हुने गरी काम गर्नुपर्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्