राजधानीमा मात्र ४५ दिनमा ४२ बलात्कार

काठमाडौं / कञ्चनपुरकी बालिका निर्मला पन्तको बलत्कार र हत्याको घटनाले देश आन्दोलित छ ।

अनुसन्धानमा चरम लापलबाही गरेको भन्दै प्रहरी र सरकारको चर्को आलोचना भईरहेको छ । सरकारले एकपछि अर्को प्रहरी टोली र छानबिन समिति गठन गरि रहेको छ । ‘निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् । दिनमा ४ देखि ५ महिला बलात्कृत भईरहेका छन्, यकिन रिर्पोट अझै गर्दै छौ’ प्रहरी प्रवक्ता शैलेश थापाले भने ।

महानगरिय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा राजधानीमा मात्र ४२ महिला माथि बलात्कार बलात्कार प्रयास भएको उजुरी परेको छ । १ साउन देखि १५ भदौ सम्म काठमाडौं मात्र २८ घटना भएका छन् । त्यस्तै, ललितपुर र भक्तपुरमा ७/७ घटना भएका छन् । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्