निर्मला बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा संलग्न थप ५ प्रहरी अधिकृत निलम्बन

काठमाडौ‌ भदौ ३१,
१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच प्रहरी अधिकारीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ।

घटनावारे छानविन गर्न गठित सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनले अनुसन्धान त्रुटिपूर्ण रहेको ठहर गरेलगत्तै मन्त्रालयले प्रहरी अधिकारीलाई निलम्बन गरेको छ ।

शनिबार गृहमन्त्री रामबहादुर थापा समक्ष पेश गरेको प्रतिवेदनका आधारमा जिम्मेवारीपूर्वक काम गर्न नसकेका दुई डिएसपीसहित ५ जनालाई थप अनुसन्धानका लागि निलम्बन गरेको जनाएको छ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई यसअघि नै निलम्बन गरिसकेको छ। बिष्टसहित प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी, सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र सहायक निरीक्षक रामसिंह धामीलाई शनिबारबाट निलम्बन गरी अनुसन्धान गर्न निर्देशन दिएको हो।

प्रतिवेदनमा अन्य केही संदिग्ध ब्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न निर्देशन दिएको छ। बिज्ञप्तीमा यो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेकाले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले सहयोग गर्न अनुरोध समेत गरिएको छ। आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्