नुवाकोटका तीन किशोरी दश दिनदेखि बेपत्ता प्रकाशित मिति : 15 September, 2018 6:34 am काठमाडौ भदौ ३०. / नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन वितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन। हराउनेमा १८ वर्षीया सम्झना तामाङ, १७ वर्षीया शर्मीला भनिने आइती तामाङ र १७ वर्षीया हसिना भनिने माया तामाङ रहेका छन । उनीहरु श्रीकृष्ण जन्माष्टमीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए। किशोरीहरुको खोजी गरिदिन पीडित परिवारले इलाका प्रहरी कार्यालय खरानीटार र जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएका छन्। जिल्लासँग जोडिएका सबै नाकामा उनीहरुको खोजी भइरहेको नुवाकोटका प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले बताए। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।