इच्छाकामना महोत्सवको मुख्य प्रायोजन मनकामना दर्शन र सह–प्रायोजन प्रभु ग्रुपले गर्ने 0 Shares २५ भदौ २०७५, सोमबार कुरिनटार, २५ भदौ / कुरिनटारमा हुन गईरहेको प्रथम इच्छाकामना महोत्सवको मुख्य प्रायोजक र सह प्रायोजक टुङ्गो लागेको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, इच्छाकामनाको मुल आधार’ भन्ने नाराका साथ यहि भदौ २६ गतेबाट असोज ६ गतेसम्म १२ दिनसम्म चल्ने महोत्सवको मुख्य प्रायोजन नेपाल कै पहिलो केवलकार सञ्चालक संस्था मनकामना दर्शन प्रा।लि।ले गर्ने भएको महोत्सव मूल आयोजक समितिका सह–संयोजक एवं इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जानकारी दिए । यस्तै सह–प्रायोजन प्रभु बैंक तथा प्रभु म्यानेजमेन्ट ग्रुपले गर्ने उनले बताए ।