अब स्थानीय सरकारले पनि आफ्नै पत्रकार नियुक्त गर्न पाउने

काठमाडौ‌ भदौ २५, / झापाको मेचीनगर नगर कार्यपालिका बैठकले स्थानीय एक पत्रकारलाई मासिक आठ हजार रुपैयाँ तलबसहित नगरपालिकाको प्रेस संयोजक नियुक्त गरेको छ।

नगरपालिकाको बजेटबाटै तलब दिनेगरी ती पत्रकारलाई संयोजक नियुक्त गरिएको छ। ती पत्रकरले नगरपालिकामा हाजिर गर्नुपर्नेछ।

उनको मुख्य जिम्मेवारी नागरिकको विचार जनप्रतिनिधि र कर्मचारीसम्म पुर्‍याउनु पर्नेछ।

‘पत्रकारलाई स्थानीयस्तरको समस्याका विषयमा जानकारी हुने हुँदा काममा सहयोग पुगोस् भनेर जिम्मेवारी दिएका हौँ’,नगरप्रमुख विमल आचार्यले भने। सूचना अधिारी हुँदाहुँदै प्रेस संयोजक आवश्यकता थियो र भन्ने प्रश्नमा आचार्यले करारमा कर्मचारी तोक्न पाउने प्रावधान टेकेर जिम्मेवारी दिएको बताए।, आजको अन्नपुर्ण पोष्ट दैनिकमा यो खबर छापिएको ।

पत्रपत्रिकाबाट


प्रतिक्रिया दिनुहोस्