चाडबाड नजिकिँदै गर्दा १३५ प्रतिशतसम्म तरकारीको मूल्य बढयो


0
Shares

२०७४ भदौ ,/ सेतो आलु–३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग–६५ प्रतिकिलो। २०७५ भदौ २४ गते सेतो आलु–६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग–१२५ प्रतिकिलो।

यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य बढेको देखिन्छ।

गत वर्ष भदौ २४ गते कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्री भएको तरकारीको खुद्रा मूल्यलाई यो वर्ष सोही दिनसँग तुलना गर्दा ३३३ प्रतिशतसम्म भाउ बढेको छ।

चाडबाड नजिकिँदै गर्दा तराकारीको भाउ अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन्। बर्खाले तरकारी उत्पादनमा गिरावट आएपछि महंगिएको व्यवसायी बताउँछन्।

​चाडबाडमा मागअनुसार आपूर्ति नहुँदा त्यसको प्रभाव स्वतः मूल्यमा पर्ने तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे बताउँछन्।

घिमिरेका अनुसार भारतबाट आलु मात्र दैनिक ५० टन आयात भइरहेको छ।, आजको नागरिक दैनिकमा यो खबर प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस्