तीजको दर खाँदा प्रदेशसभा सदस्य गोमा भुर्तेल सहित साढे ३ सय विरामी प्रकाशित मिति : 9 September, 2018 7:05 am काभ्रे — तीजको दर खाँदा पाँचखाल १२, कास्कोटेमा ३५ जना विरामी परेका छन् । स्थानीय ग्रामीण स्वावलम्बन बहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीन विशेष कार्यक्रममा दर खाएकामध्ये करिव साढे ३ सय जना विरामी परेको डीएसपी दीपक गिरिले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेशसभा सदस्य गोमा भुर्तेल पनि विरामी भएकी छिन् । भुर्तेल उनका पति शिव र छोरी पवित्रासहित अन्य केही विरामीलाई शिर मेमोरियल अस्प्ताल बनेपामा भर्ना गरिएको छ । रीता पहरी र अमृता खरेलको सघन उपचार कक्ष आईसीयु मा उपचार भईरहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको काठमाडौंस्थित निजामति अस्पतालको आइसीयुमा उपचार भईरहेको छ । आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित गरिएको छ । पत्रपत्रिकाबाट