हत्या अभियोगमा मेयर जेलमा, उपमेयरलाई महाअभियोग

काठमाडौ‌ भदौ २१,

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनमाथि कार्यपालिकाका दुईतिहाइ सदस्यले बुधबारको बैठकमा महाअभियोग प्रस्ताब पारित गरेका छन्।
बैठकले उपमेयर खातुनमाथि अविश्वास प्रकट गर्दै निलम्बनको मागसमेत गरेको छ ।

विभिन्न ११ शीर्षकमा उपमेयर खातुनले करोडौं रुपैयाँ अनियमितता गरेको र गत वर्षको हिसावकिताब माग गर्दा समेत उपमेयरले नदिएको भन्दै कार्यपालिका बैठकले अविश्वास प्रस्ताव पारित गरेको नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाले बताए।

नगरपालिकाकाको तर्फबाट अख्तियार, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलाई पनि उपमेयरमाथि छानविन र कारबाहीको माग गर्दै पत्राचार गरिएको छ। कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा विश्व हिन्दु परिषद् वीरगञ्जका काशी तिवारीको हत्या अभियोगमा काठमाडौं कारागारमा छन्। आजको नागरिक दैनिकमा मदन ठाकुरले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्