काठमाडौँ  /  युरोपियन च्याम्पियन्स लिग फुटबल सिजन २०१८/१९ का लागि समूह चरणको ड्र आज नेपाली समयअनुसार  राति साढे १२ बजे हुँदैछ ।

मोनाकोमा एक भव्य सभाबीच हुने ड्रबाट कुन टिम कोसँग पर्ला भन्ने चासो सर्वत्र छ । यसपटक च्याम्पियन्स लिगको भिडन्तमा स्पेनिस ला लिगाका शीर्ष चार टोली परेका छन् । ड्रका लागि चार पट विभाजन गरिएको हुन्छ । चार पटबाट समूह चरणको ड्र घोषणा हुनेछ ।

पट– १ मा रहने टोली टोली –

बार्सिलोना (स्पेन), रियल मड्रिड (स्पेन) एथ्लेटिको मड्रिड (स्पेन), बार्यन म्युनिख (जर्मनी) म्यान्चेस्टर सिटी (इंग्ल्यान्ड), युभेन्टस (इटाली), पिएसजी (फ्रान्स) र लोकोमोटिभ मस्को (रसिया)

पट–२ मा पर्ने टोली –

बोरुसिया डर्टमुन्ड (जर्मनी), पोर्टो (पोर्चुगल), म्यान्चेस्टर युनाइटेड (इंग्ल्यान्ड), शाख्तार डोनेस्क (युक्रेन) बेन्फिका (पोर्चुगल) वा पिएओके (ग्रीस) मध्ये कुनै एक, नापोली (इटाली), टोटनह्याम (इंग्ल्यान्ड) र रोमा (इटाली)

पट–३ मा रहेका टोली –

लिभरपुल (इंग्ल्यान्ड), साल्के (जर्मनी), ओलम्पिक लियोन (फ्रान्स), मोनाको (फ्रान्स), सजवर्ग (अस्ट्रिया) र रेड स्टारमध्ये एक, आइएक्स (नेदरल्यान्ड), सिएसकेए मस्को (रसियापी एसभी–नेदरल्यान्ड वा बाटे बेलुरसमध्ये एक)

पट–४ मा रहने टोली –

भ्यालेन्सिया (स्पेन), भिक्टोरिया प्लाजेन (चेक रिपब्लिक) ब्रुग (बेल्जियम), गालाटासरे (टर्की), योङ ब्वाइज (स्वीट्जरल्यान्ड), इन्टर मिलान (इटाली), १८९९ हफिनहेइम (जर्मनी), एइके एथेन्स (ग्रीस)कूल

३२ टोलीलाई ८ समूहमा विभाजन गरेर गरिने ड्रमा एक समूहमा चार टोली हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्