मुख्य अपराधमा प्रहरी नै विवादमा तानिए काठमाडौँ / अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैँ विवादमा तानिएको छ । निसान खड्का अपहरण, डा. गोविन्द केसीको जुुम्ला अनशन र कञ्चनपुरमा किशोरी हत्याका घटना यसैका उदाहरण हुन् । भक्तपुरका बालक निसान खड्काको अपहरणमा सलग्न भनिएका दुई युवाको फेक ईन्काउन्टर विवादमा महानगरीय प्रहरी अपराध महाशाखा तानियो । गृहन्त्री रामबहादुृर थापाले नै इन्काउन्टर दावी भएको दावी गरेपनि यसबारे उठेका प्रश्नको उत्तर दिने दायित्वबाट प्रहरी पन्छियो । मृत्यु भएका दुई युवा गोपाल तामाङर अजय तामाङका परिवारले उजुरी दिएको २० दिन कटिसकेपनि अनुसन्धान टुंगिइसकेको छैन भनी आजको कान्तिपुरमा यो खबर छापिएको छ ।