महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार प्रकाशित मिति : 26 August, 2018 9:49 am सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन गरेका छन् । अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा फर्जी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले आयोगमा निवेदन दिएका हुन् । १४४२ नम्बरमा दर्ता भएको उजुरीमा स्थानीयले हस्ताक्षर गरेका छन् । श्रेष्ठ गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ नेपाल ९नारमिन० नामक गैरसरकारी संस्था ९एनजिओ०का समेत अध्यक्ष हुन् । आजको कारोबारमा यो समाचार छापिएको छ ।