यसरी सुरु भयो युवायुवतीबीच डेटिङ संस्कृति

काठमाडौ‌ भदौ ९, / बीसौं शताव्दीको सुरुवातसम्म पनि प्रेमसम्बन्धका विषयमा खुलेर चर्चा हुँदैनथ्यो। बिहे गर्ने उमेरकी महिला हेर्न परुष लमीलाई बोलाइन्थ्यो। लमीले नै बिहे गराइदिन्थे। बिहे गर्ने इच्छा भएका पुरुषले महिलासँग निरन्तर भेट गर्थे।

औधोगिक युगको सुरुवातसँगै ‘डेटिङ’ को अबधारणा विकास भएको थियो । औधोगिक युगको सुरुवातसँगै मानिसहरुको आम्दानी वृद्धि भयो। पुरुषसँग महिला पनि मजदुरीमा निस्कन थाले। पुरुषले रोमान्स गर्ने उद्देश्यले महिला साथीलाई रेष्टुरेन्ट र डान्स हलमा लिएर जान थाले।

थोरै लतब पाउने महिला सित्तैमा ‘ट्रिट’ खान पाइने लोभले पुरुषले बोलाएको स्थानमा गए। सुरुसुरुमा प्रहरीले उनीहरुका गितिविधिमाथि शंका पनि ग¥यो। तर प्रहरीले नियन्त्रण गर्न सकेन। यो रीति यति लोकप्रिय बनेर फैलियो कि मजदुरी गर्ने सबै डेटिङमा जान थाले।

जब डेटिङ संस्कृति लोकप्रिय बन्यो, असंख्य व्यवसाय चम्किए। सन् १९९० को दशकमा उच्च वर्गका महिलाले पनि अनुहारमा पेन्टिङ गर्न थाले। यसपछि जताततै कस्मेटिक उद्योग खुल्न लागे। यस्ता उद्योगको व्यसाय कहिल्यै घाटामा गएन। आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज निरौलाले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्