घर पुर्याईदिन्छु भन्दै जंगलमा लगेर १३ वर्षीया बालिकालाई बलात्कार प्रकाशित मिति : 23 August, 2018 7:30 am काठमाडौ भदौ ७, / बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ। ‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार बालिकाको मेडिकल जाँच गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन। बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ । घटनाबारे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पनि अनुसन्धान गरिहेको छ। १ भदौबाट लागू भएको नयाँ मुलुकी अपराध ९संहिता० ऐनमा १० देखि १४ वर्ष उमेरका बालिका बलात्कार गर्नेलाई १४ देखि १६ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ। यसरी भयो घटना पीडित बालिका ‘मालिक’को घरमा खुसी थिइनन् । आफ्नै घर गोरखा फर्किन चाहन्थिन्। मंगलबार दिउँसो उनी मालिकको घरबाट निस्किइन् । एक अपरिचित व्यक्तिसँग उनको सम्पर्क भयो । जसले उनलाई गोरखा लगिदिने प्रलोभन दिए र मोटरसाइकलमा राखे । तर, तिनले बालिकालाई गोदावरी जंगल पु¥याई बलात्कार गरे र फरार भए । बालिका जंगलमै अलपत्र परिन् । स्थानीयले जंगलमा रोइरहेको देखेपछि उनको उद्धार गरे । त्यसलगत्तै स्थानीयले प्रहरी कार्यालयमा खबर गरे । प्रहरी घटनास्थल पुग्यो र उद्धार ग¥यो । अहिले बालिका प्रहरीकै रोहवरमा सेफहाउसमा छिन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर टेकराज थामीले लेखेका छन्।