डोकोमा शव बोकेर अस्पताल पु¥याएको भाडा २५ हजार प्रकाशित मिति : 21 August, 2018 8:52 am काठमाडौ भदौ ५ / खोटाङमा अस्वाभाविक मृत्यु भएका व्यक्तिको शव पोष्टमार्टम गर्न समस्या हुने गरेको छ। शव बहानको व्यवस्था नहुँदा, शवै ठाउँमा यातायातको सुविधा नपुग्दा पोष्टमार्टमका गर्नुपर्ने शव डोकोमा बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता रहेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका २ डाँडागाउँ मझौका स्थानीय आइतबार डोकोमा शव बोकेर जिल्ला अस्पताल पुगे। स्थानीय रमितेडाँडामा मृत फेला परेका ८६ वर्षीय महेन्द्रबहादुर खत्रीको शव डोकोमा बोकेर स्थानीय जिल्ला अस्पताल पुगेका हुन्। ट्याक्सीले शव बोक्न नमान्दा र ट्रयाक्टरले २५ हजार रुपैयाँ भाडा मागेपछि आफन्तले २५ हजार रुपैयाँमा भरिया खोजेर शव जिल्ला अस्पताल पु¥याएका हुन्। भरियाले शव डोकोमा बोकेर १२ घण्टामा अस्ताल पु¥याएका थिए। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।