देशभर सवारीसाधनको संख्या ३२ लाख नाघ्यो, मोटरसाइकल मात्रै २५ लाख

काठमाडौं १  भदौ / आर्थिक वर्ष २०७४र०७५ मा देशभर ४ लाख ३७ हजार ६ सय १६ वटा सवारीसाधन दर्ता भएका छन्। यससँगै देशभर हालसम्म दर्ता भएका सवारीसाधनको संख्या ३२ लाख २१ हजार ४२ पुगेको छ।

देशभर २५ लाख ३० हजार ७ सय २२ मोटरसाइकल रहेको तथ्यांक छ। हरेक वर्ष सवारीसाधन दर्तामा सबैभन्दा धेरै मोटरसाइकलको हिस्सा रहने गरेको छ। मोटरसाइकलपछि दर्ता हुने सवारीसाधनमा कार जिप भ्यान रहेको छ ।

प्रदेशअनुसार हालसम्मको सवारीसाधन दर्ताको अवस्था हेर्ने हो भने सबैभन्दा धेरै प्रदेश ३ मा छ। जहाँ ११ लाख ७२ हजार ४ सय १३ वटा सवारीसधान दर्ता भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ८ सय ११ वटा मात्र सवारीसाधन दर्ता भएको यतायात व्यवस्था विभागले जनाएको छ। आजको कारोबार दैनिकमा यो खबर छपिएको छ।


प्रतिक्रिया दिनुहोस्