फ्रान्स फिफा वरीयताको शीर्षस्थानमा , नेपाल यथावत स्थानमा

जुरिच /  विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा फ्रान्स ६ स्थान माथि उक्लिदै शीर्ष स्थानमा छ ।


विश्वकपको उपविजेता क्रोएसिया १६ स्थान माथि उक्लदै वरीयताको चौथो स्थानमा  छ । बेल्जियम एक स्थान सुधार गदै दोस्रो स्थानमा उक्लदा ब्राजिल एक स्थान तल झर्दै तेस्रो स्थानमा झरेको छ । उरुग्वे ९ स्थान सुधार गर्दै चौथो तथा इंग्ल्यान्ड ६ स्थान सुधार गर्दै पाँचौ र छैटौ स्थानमा उक्लिएको छ । पोर्चुगल तीन स्थान तल झरेर सातौ तथा, स्वीट्जरल्यान्ड दुई स्थान तल झरेर आठौं स्थानमा झरेको छ ।

स्पेन एक स्थान सुधार गर्दै नवौ तथा डेनमार्क तीन स्थान सुधार गरेर वरीयताको शीर्ष १० भित्र अटाएका छन् । अर्जेन्टिना, चिली, स्वीडेन, कोलम्विया र जर्मनी शीर्ष १५ मा अटाएका छन् । नेपाल वरीयतामा १६१ औं स्थानमा यथावत रहेको छ ।

दक्षिण एसियामा भारत ९६ औं स्थानसहित शीर्षस्थानमा रहँदा अफगानिस्तान १४५ औं स्थानसहित दक्षिण एसियामा दोस्रो स्थानमा छ । माल्दिभ्स १५० औ, भुटान १८४ औं, बंगलादेश १९४ औं, श्रीलंका २०० औं र पाकिस्तान २०१ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्