जिवितै उद्धार गरेको बच्चाको गएराती उपचारको क्रममा मृत्यु

काठमाडौं / ताप्लेजुङको  थेचम्बूमा जिवीतै उद्धार गरीएको बच्चाको गएराती १२ः३० बजे झापाको मनमोहन मेमोरीयल अस्पतालामा उपचारको क्रममा मृत्यु भएको छ ।

गएको शनिबार बाट स्वः कविराम विककी झड्केली छोरी कमला विक सहित वेपत्ता भएका २ बच्चाको स्थानिय र प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँको प्रयोग नभएको ट्वाइृलेटमा एक मृत र एक जिवीतै उद्धार गरीएको थियो ।
जुम्याल्याहा छोरीको नाम गांगा जमुना रहेको र गंगा लाई मृत अवश्थामा भेटिएको थियो भने जमुनाको गएराती उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारीक श्रोतका अनुसार बच्चाको बुबाको नाम रविन श्रेष्ठ रहेको र अहिले सम्म परिवारको सम्पर्कमा नआएको बताईएको छ । आमा कमला विक अझै वेपत्ता भएकी छिन । घटनाबारे थप अनुसन्धान गरीने प्रहरी सहायक निरीक्षक सुर्यबहादुर बस्नेतले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्