एउटै गाईबाट सवा पाँच लाख आम्दानी

काठमाडौ‌, ३१ साउन  / एउटा गाईले कति लिटरसम्म दूध दिन्छरु पाँच लिटर वा १० लिटर। तर बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटर दूध दिन्छ।
कोहलपुर १२ चप्परगौडीकी शारदा शर्माको होलेस्टेन फ्रोजन जातको यो गाईले दुई बेतमा गरी पाँच लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ ।
दुई बेतमा गरेर आफ्नो गाईले ९ हजार ६ सय ८० लिटर दूध दिएको शारदा शर्माले बताइन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा शंकरप्रसाद यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्