विपन्नलाई आवास दिइने प्रकाशित मिति : 16 August, 2018 7:12 am काठमाडौ साउन ३१, / सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकर सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस गरेको छ । सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो । आवासविहीनको विवरण संकलन, उनीहरुलार्य परिचयपत्र उपलब्ध गराउने वस्ती विकास गर्ने आवास उपलब्ध गराउने अस्थायी आवास तथा पनर्वास व्यवस्था गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।