सिंहदरबार प्रवेशमा थप कडाइ गर्दै सरकार प्रकाशित मिति : 16 August, 2018 6:54 am काठमाडौं / देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा सरकारले थप कडाइ गर्ने भएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ । सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ । सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दक्षिण गेटमा सिंहदरबार प्रवेश गर्नेको भीड लाग्ने गरेको छ । –दक्षिण गेटबाट भित्रने, पूर्वी गेटबाट बाहिरिने –सुरक्षाको गेट सर्वसाधारणलाई बन्द –प्रविधिमैत्री सिंहदरबार बनाइने –चारवटै गेटमा डिजिटल गेट राख्ने –भीड घटाउन एकद्वार प्रवेश पास –गृह र प्रधानमन्त्री कार्यालयले मात्र पास दिन सक्ने आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ ।