राई युवतीसँग विवाह गर्ने दलित युवाको घरमा आक्रमण

काठमाडौ‌ साउन ३० / अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन्। अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका छन्।

चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो। राई परिवारका तर्फबाट आएको समूहले दलित बस्तीमा पसेर बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कुटपिट गरेको आरोप छ।

घटनापछि दलित बस्तीका नौ परिवारका सदस्य सदरमुकाम आएर न्यायका लागि हारगुहार गरिरहेका छन् ।

दुर्गा दर्जीका छोरा निशान र सुस्मिताले प्रेमबिहे गरेपछि भोजन राईको नेतृत्वमा रहेका पाँचजनाले साउन २२ गते दिउँसो दलित बस्तीमा पसेर कुटपिट गरेका हुन्। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्