उपचारमा ज्यान गए जन्मकैद प्रकाशित मिति : 14 August, 2018 10:50 am काठमाडौँ, २९ साउन / वि.सं.१९१० सालमा जंगबहादुरले बनाएको मुलुकी ऐनलाई विस्थापित गर्ने गरी लागू हुन लागेको नयाँ ऐनले इलाजसम्बन्धी गरेको व्यवस्थामा बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखेको छ । नयाँ मुलुकी फौजदारी संहिता ऐनको दफा २३१ को उपदफा ९१० मा ‘बदनियत चिताई’ इलाज गर्नेको हकमा बिरामीको ज्यान गए जन्मकैद हुने व्यवस्था गरिएको हो । ऐनमा चार खालका उपचारको अवस्थामा कसैको ज्यान गए यस्तो सजाय गर्ने भएको हो । नयाँ व्यवस्थाअनुसार कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा जन्मकैदको सजाय हुनेछ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि यही दफाअनुसार सजाय हुने ऐनमा उल्लेख छ । यस्तो औषधि खान सिफारिस गर्नेलाई पनि ऐनले उत्तिकै दोषी मानेर जन्मकैद सजाय गर्न‘पर्ने भनेको छ । त्यस्तै कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नेलाई र त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्ने र गराउनेलाई पनि उही किसिमको सजायको व्यवस्था छ । ‘उपदफा १० बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई देहायबमोजिमको सजाय हुनेछ,’ ऐनमा भनिएको छ, ‘९क० कसैको ज्यान गएकोमा ज्यान मारेसरह, ख कसैको अंगभंग भएकोमा अंगभंग गराएसरह ।’ त्यस्तै उपदफा २३२ मा लापरबाही र हेलचेक्रयाइँ गरेर कसैको उपचार गर्दा ज्यान गए वा अंगभंग भए अलगअलग सजायको व्यवस्था गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।