पाँच सय सीमास्तम्भ गायब : नेपालको १२ सय हेक्टर भूभाग भारततिर

साउन २५, काठमाडौं / नेपाल(भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन्। नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा(अध्ययनमा यस्तो पाइएको हो। नापी विभागअन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ। अद्यावधिक हुन भने बाँकी छ।
‘संख्यामा केही तलमाथि हुन सक्छ’, उनले भने, ‘नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका छैनन्, जमिनका थोरै मात्र हराएका छन्। बाढी आउँदा धेरै स्तम्भ बगाएको हुनसक्छ।’ उनका अनुसार कुनै ठाउँमा नियतवश बेपत्ता पारिएको पाइएको छ। कतिपय भत्किएर र बिग्रिएर पनि हराएका छन ।
मेची, नारायणी र महाकालीलगायत ५७ नदीले नेपाल(भारतबीच सीमाको काम गरेका छन्। नेपाल–भारत सिमानाको १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा ६ सय ४० किलोमिटर क्षेत्रमा नदीनाला पर्छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भने करिब ४ सय सीमास्तम्भ हराएको बताउँछन्। २०४५ को नेपाल(भारत सम्झौता र २०२१ सालको नापीबाट करिब १२ सय हेक्टर नेपाली भूभाग भारततर्फ पुगेको अनुमान छ। त्यति नै मात्रामा भारतीय भूभाग नेपालतर्फ आएको उताको दाबी छ। यो समाचार सुरेन्द्र काफ्लेले आजको अन्नपूर्ण पोस्ट दैनिकमा लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्