नेवानिको गम्भीर लापरबाही : यसकारण दिल्लीमा अड्किएको थियो जहाज प्रकाशित मिति : 10 August, 2018 6:25 am काठमाडौं काठमाडौं,२५ साउन / नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो । निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर सँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो । तर, निगमकै एक उच्च अधिकारीले एकथरी जहाज भनेर अर्कै पठाउँदा दिल्लीमा वाइड बडी ६ घण्टा रोकिएको जानकारी दिए । यताबाट सुरुमा १ सय ९० सिट क्षमताको बोइङ ७५७(२०० सिरिजको जहाज दिल्ली पठाउने भनेर उता जानकारी गराइयोु, ती अधिकारीले भने ुतर, जाने बेलामा बोइङको सट्टा २ सय ७४ सिटे एयरबस ३३०(२०० सिरिजको वाइड बडी गयो । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।