डेम्बेलेले बार्सिलोनामा आफ्नो भविष्यबारे स्पष्ट पारे

काठमाडौं , / स्पेनिस बार्सिलोनाका युवा खेलाडी उसामान डेम्बेलेले क्याम्प नोउमा आफ्नो भविष्यबारे मिडियासँग मुख खोलेका छन् । गएको समरमा बार्सिलोनाले विश्वकपविजेता २१ वर्षीय फ्रेन्च खेलाडीलाई १ सय ५ मिलियन युरोमा भित्र्याएको थियो ।

त्यसबेला नेइमारपछि विश्वकै दोस्रो महँगो खेलाडी हुँदै बार्सिलोनामा अनुबन्ध भएका उनी करिब साढे ३ महिना चोटका कारण  प्रदर्शन गर्ना पाएनन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले  दुवै क्लबले डेम्बेले भित्र्याउन जोडबल गरिरहेका छन् । बार्सिलोनाले पनि युनाइटेडका पाउल पोग्बा भित्र्याउन प्रयास गरिरहेको छ , डेम्बेले वा डिफेन्डर येरी मिना दिएर पोग्बा भित्र्याउने सम्भावनाको चर्चा बढेको छ ।

यसैबेला डेम्बेले भने , उनले स्पेनिस मिडियासँग कुरा गर्दै आफू बार्सिलोनामै रहने स्पष्ट पारेका छन् । आफू बार्सिलोना छाड्ने पक्षमा नरहेको उनको भनाइ छ । डेम्बेले भने, हो, म यहीं बस्ने छु । अब केही दिनमै हुने स्पेनिस सुपर कपका लागि म तयार छु ।’

आफूले मैदानमा पर्याप्त मौका नपाएको र पाएको अवस्थामा आफूलाई प्रमाािण्त गर्ने डेम्बेलेको भनाइ छ । ‘म क्याम्प नोउमा अझै धेरै मिनेट खेल्न चाहन्छु । र, आफूलाई प्रमाणित गर्न चाहन्छु,’ उनले भनेका छन्, म यति चाँडै बार्सिलोना छाड्नलाई आएको थिइनँ ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्