पेरिसडाँडा निखन्दै नेकपा : बैंकको ऋण तिर्न प्रचण्डले दिए २ करोड

काठमाडौ‌,२२ साउन / नेकपाले पेरिसडाँडा पार्टी कार्यालयअगाडिको बैंकमा रहेको जग्गा निखन्न थालेको छ। पार्टी कार्यालयबाहिरको २१ आना जग्गामध्ये साढे १३ आना जग्गा तीन साताअघि मात्रै नेकपाले निखनेको छ ।

जग्गा निखन्नका लागि अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरुलाई बोलाएर दुई करोड रुपैयाँ दिएका थिए। नेकपाको पूर्वघटक माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडाको बाँकी साढे सात आना जग्गा पनि निखन्ने प्रक्रियामा रहेको नेताहरुले बताएका छन्।

तत्कालिन माओवादीको मजदुर संगठने पार्टीको नाममा रहेको पेरिसडाँडाको जग्गा नेताहरु गणेश रेग्मी, बाबुराम गौतम र जय कार्कीको नाममा ल्याई बैंकमार्फत् ऋण लिएका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अघिकारीले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्